पात्रो

रेडियो

समाचार खोजी

भारतीय प्रतबिन्धले हल्का पेश पदार्थ र चक्लेट उद्योग बढी  प्रभावित हुने

साझा अर्थ संवाददाता ४ जेठ २०८३, सोमवार

काठमाडौः भारतले चिनी निर्यातमा प्रतिबन्धको असर नेपालका हल्का पेय पदार्थ तथा चक्लेट उद्योगमा पर्ने देखिएको छ । आगामी सेप्टेम्बर ३० सम्मकालागि भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि यस्तो समस्या पर्ने देखिएको हो । 
विश्वकै प्रमुख चिनी उत्पादक देश भारतको यो कदमसँगै अन्तराष्ट्रिय बजारमा समेत चनीको मूल्य बढ्न  थालेको छ ।  भारतीय प्रतबिन्धले बजारमा अभाव र कालोबजारी बढ्न सक्ने आशङ्का उब्जीरहेको अवस्थामा नेपाल सरकारले भने तत्काल आत्तनिुपर्ने अवस्था नरहेको दाबी गरेको छ। उद्योगीहरूसँग आगामी ८ महिनाको आन्तरकि माग धान्न पर्याप्त मात्रामा चिनीको मौज्दात सुरक्षति रहेको सरकारको दावी छ । तर अत्यधिक चिनी प्रयोग गर्ने बस्किुट, जुस, चकलेट र पाउरोटी उद्योगहरू यसबाट नराम्रोसँग प्रभावित हुने विश्लेषकहरुको भनार्य रहेको छ । भारतबाट सस्तोमा आयात हुने चिनी रोकिँदा महंगोमा चिनी किन्नु पर्ने अवस्था आउने भएकोले उत्पादन लागत बढी यी उद्योगहरुको बजारमा प्रतिश्पर्धी क्षमतामा ह्रास आउने सम्भावना देखिन्छ।

167 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्