काठमाडौः नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (ल्ब्म्भ्ए) ले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो ।
सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्दै उक्त वर्षको वितरणयोग्य नाफालाई कम्पनीको सञ्चित कोषमा राख्ने प्रस्ताव गरेको छ। यस निर्णयसँगै सेयरधनीहरूले यस वर्ष बोनस सेयर वा नगद लाभांश पाउने छैनन्।
नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र यो निर्णय आधिकारिक रूपमा लागू हुनेछ।