पात्रो

रेडियो

समाचार खोजी

सुडानका ४१ लाख शरणार्थीहरू मूल थलोमा फिर्ता

साझा अर्थ संवाददाता ३० वैशाख २०८३, बुधवार

काठमाडौः द्वन्द्वको कारण विस्थापित भएका लगभग ४१ लाख सुडानी नागरिक आफ्नो मूल थात थलोमा फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले घोषणा गरेको छ । 

सुडानका लागि आइओएमका मिसन प्रमुख मोहम्मद रेफाटले युएन न्यूजलाई  सुडान भित्र वा बाहिरबाट मुल थात थलोमा फर्केका व्यक्तिहरूको सङ्ख्यामा निरन्तर वृद्धि भएको पुष्टि गर्नु भएको छ । जसले सुडानको सुधारिएको अवस्थालाई सम्बोदन गर्ने आशाको झलक प्रस्तुत गरेको जनाइएको छ । 

उहाँले फर्केका  मानिसहरुको सङ्ख्या ८०% भन्दा बढी रहेको उल्लेख गर्दै उनीहरु सुडान भित्रैबाट र अन्य नौ वटा मुलुकहरू बाट आफ्नो मुल थलोमा फर्केको जनाउनु भएको छ । यो प्रक्रिया सहित आन्तरिक विस्थापित व्यक्तिहरूको सङ्ख्या घटेर लगभग एक करोड २० लाख पुगेको जनाइएको छ । 

संयुक्त राष्ट्रसङ्घका अधिकारीले स्वैच्छिक फिर्तीको बढ्दो दरले सुडानी जनताले सुरक्षा स्थितिमा सामान्य सुधार भएता पनि  थप आशा राखेर आफ्नो भुमिमा फर्केको जनाएका छन् ।   फर्केका अधिकांश मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ जहाँ चरम विनाश र आधारभूत सेवाहरूको पतन भएको जनाइएको छ  ।

खार्तुममा युद्वका कारण करिब ७०% घरहरू आंशिक तथा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्तापितहरु फर्कने क्षेत्रहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावबाट ग्रस्त छन् ।

132 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ