पात्रो

रेडियो

समाचार खोजी

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

साझा अर्थ संवाददाता २८ वैशाख २०८३, सोमवार

काठमाडौं – थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल सजाय भोग्दै सोमबार पेरोलमा रिहा भएका छन्।

बैंककको क्लोङ प्रेम कारागारबाट रिहा भएका उनलाई झन्डै ३०० समर्थकले गुलाब र ‘वि लभ थाक्सिन’ नाराका साथ स्वागत गरे। परिवारका सदस्यले अँगालो हाल्दा उनी सेतो टिसर्ट र निलो पाइन्टमा देखिए। रिहाइपछि उनले कुनै प्रतिक्रिया दिएनन्।

अर्बपति व्यवसायी थाक्सिनले सन् २००१ मा प्रधानमन्त्री बनेका थिए। सन् २००६ को सेनाको कूदरबाट उनी निर्वासित भए। सन् २०२३ मा स्वदेश फर्किएपछि अदालतले ८ वर्षको जेल सजाय सुनाएको थियो तर राजाले घटाएर एक वर्ष बनाइदिए। स्वास्थ्य कारण देखाउँदै उनी प्रहरी अस्पतालको विशेष कक्षमा बसेका थिए, जसलाई विपक्षीले विशेष सुविधा भन्दै विरोध गरे।

न्याय मन्त्रालयको समितिले राम्रो आचरण, उमेर र पुनरावृत्तिको कम सम्भावना देखाउँदै पेरोल स्वीकृत गरेको हो। रिहाइपछि थाक्सिनले चार महिना इलेक्ट्रोनिक मोनिटरिङ ब्रेसलेट लगाउनुपर्नेछ र घरमै बसी नियमित अधिकारीलाई रिपोर्ट गर्नुपर्नेछ।

उल्लेखनीय, थाक्सिनकी छोरी पातोङटार्न सन् २०२४ मा थाइल्यान्डकी कान्छी प्रधानमन्त्री बनेकी थिइन् तर विदेशी अधिकारीसँगको विवादास्पद फोनकालपछि सन् २०२५ मा पदच्युत भइन्। गत वर्षको चुनावमा थाक्सिन समर्थित पार्टी तेस्रो स्थानमा सीमित भएको थियो।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ