पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र बैंकद्वारा १ खर्ब २० अर्ब निक्षेप संकलन गरीँदै

साझा अर्थ संवाददाता १७ वैशाख २०८३, बिहिवार
समाचार सारांश
  • नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
  • यो ९७ दिनका लागि बोलकबोल प्रणालीमार्फत 'क', 'ख' र 'ग' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट संकलन गरिनेछ।
  • राष्ट्र बैंकले यसलाई अधिक तरलता व्यवस्थापन गर्ने नियमित मौद्रिक उपकरणका रूपमा प्रयोग गरेको हो।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन प्रक्रिया सुरु गरेको छ।

विहीवार प्रकाशित सूचनाअनुसार केन्द्रीय बैंकले उक्त रकम ९७ दिनका लागि बोलकबोल प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्न लागेको हो।

यस प्रक्रियामा सहभागी संस्थाहरूले आफूले राख्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ, जहाँ ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण गरिनेछ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले यसमा भाग लिन पाउनेछन्।

राष्ट्र बैंकले यस कदमलाई बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्ने नियमित मौद्रिक उपकरणका रूपमा प्रयोग गरेको जनाएको छ।

40 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ