काठमाण्डौः नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट प्रशोचण गर्न लागेको छ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकले सो रकम प्रशोचण गर्न लागेको हो ।
निक्षेप संकलन उपकरण मार्फत प्रणालीबाट ४० अर्ब प्रशोचण गर्न लागिएको नेपाल राष्ट्र बैंकलले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्ने नेपाल राष्ट्र बैंकको भनाई रहेको छ ।
निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असार ३ गते हुने छ ।