केहि दिनदेखि निरन्तर बढेर नयाँ उचाई कायम गर्दै आएको सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।
यसैगरी,नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६१२ रुपैयाँ कायम भएको छ ।
साझा अर्थ संवाददाता