पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा शिखर पावरको आइपिओ र रु रु जलविद्युतको बोनस सेयर सूचीकृत

साझा अर्थ संवाददाता २६ चैत २०८२, बिहिवार

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको ९८ लाख कित्ता सेयर सूचीकृत भएको छ। सूचीकृत सेयरमा प्रवर्द्धक समूह तथा सर्वसाधारणलाई जारी गरिएको सेयरसमेत समावेश रहेको छ।

कम्पनीले फागुन १७ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ३२ लाख कित्ता आइपिओ निष्काशन गरेको थियो। उक्त सेयर अब “एसआईपीडी” संकेतमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि मूल्य दायरा ९४ रुपैयाँ ७८ पैसा देखि २८४ रुपैयाँ ३४ पैसा सम्म तोकिएको छ। कम्पनी र नेप्सेबीच सम्झौता भएपछि चैत २७ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु हुने जनाइएको छ।

यसैबीच, रु रु जलविद्युत परियोजना लिमिटेडको ५ लाख ६७ हजार ३२२ दशमलव २० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले पुस २५ गते सम्पन्न वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

उक्त लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५ दशमलव ७८९ प्रतिशत नगद लाभांश रहेको छ। सोही अनुसार जारी गरिएको बोनस सेयर अहिले सूचीकृत भएको हो।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ