पात्रो

रेडियो

समाचार खोजी

वीरगञ्ज भन्सारबाट निर्यात बढ्यो, आयात अझै उच्च

७ महिनामा निर्यात ६६ अर्ब नाघ्यो, तर आयात ५ खर्ब ९५ अर्ब पुग्दा व्यापार घाटा कायम

साझा अर्थ संवाददाता १५ चैत २०८२, आइतवार

काठमाडौं — चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगञ्ज भन्सार नाकाबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार सो अवधिमा कुल निर्यात ६६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ५६ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ९ अर्ब ९४ करोडले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह बिष्टका अनुसार प्रशोधित वस्तुहरूको उच्च मागका कारण निर्यातमा सुधार देखिएको हो।

निर्यात हुने प्रमुख वस्तुहरूमा प्रशोधित सोयाबिन तेल ३५ अर्ब ५८ करोड रुपैयाँसहित अग्रस्थानमा रहेको छ। त्यसपछि फलफूलको जुस ४ अर्ब ९७ करोड रुपैयाँ, प्रशोधित सनफ्लावर तेल ४ अर्ब ५८ करोड रुपैयाँ, रिफाइन्ड पाम तेल ३ अर्ब ७७ करोड रुपैयाँ, कपडा २ अर्ब ३३ करोड रुपैयाँ र सिन्थेटिक धागो १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।

तर आयाततर्फ भने वीरगञ्ज नाका अझै ठूलो प्रवेशद्वारका रूपमा रहेको छ। सोही अवधिमा कुल आयात ५ खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ खर्ब ३६ अर्ब ५५ करोड रुपैयाँको तुलनामा करिब ११ प्रतिशतले बढी हो।

निर्यातमा सुधार देखिए पनि उच्च आयातका कारण व्यापार घाटा अझै ठूलो रहेको देखिन्छ।

20 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ