काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्र जात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्राको अवलोकन गर्नुभएको छ । उहाँले राष्ट्राध्यक्षको रुपमा गाद्दी बैठकबाट जात्रा अवलोकन गर्नु भएको हो ।
गद्दी बैठकमा पुगी राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो ।
साझा अर्थ संवाददाता