पात्रो

रेडियो

समाचार खोजी

बेनी हाइड्रोपावरको आइपीओ चैत्र १ बाट

साझा अर्थ संवाददाता १५ फागुन २०८२, शुक्रवार

काठमाडौंः बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आइपीओ निष्काशन चैत्र १ गतेबाट हुने भएको छ । आयोजना प्रभावित र बैदेशीक रोजगारीमा रहेकाहरुकोलागि सो दिनबाट आइपीओ निष्काशन गरिने भएको हो ।
कम्पनीले १० करोड ४० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको जनाएको छ । साथै १ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीको भनाई रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ। आइपीओ छिटोमा चैत्र ५ तथा ढिलोमा १५ गते निष्काशन बन्द हुने छ ।

70 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु