काठमाडौंः युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सात प्रतिशत बोनस शेयर लाभांस दिने घोषणा गरेको छ । कम्पनीेले गत आर्थिक वर्षको मनाफाबाट शेयर धनीहरुलाई सो लाभांस दिने घोषणा गरेको हो ।
फागुन आठ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको कम्पनीले जनाएको छ ।
विद्युत नियमन आयोगबाट स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा शेयर धनीहरुले लाभांश प्राप्तगर्ने छन् ।