अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले कात्तिक १ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने जनाएको छ ।
कम्पनीको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमीटेडमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना ९.७ मेवा. निर्माण गर्ने, दार्चुला पावर कम्पनी लिमीटेडमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना २८.३ मेवा निर्माण गर्ने, अपिकै बहुमत सेयर स्वामित्व रहने गरी सूर्यकुण्ड हाइड्रो इलेक्टिक लिमीटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना ११ मेवाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने अजेण्डाहरु राखिएका छन् ।
साझा अर्थ संवाददाता