काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड कायम गर्न थालेको छ । शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य पुनः ५ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।
साझा अर्थ संवाददाता