पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय वाणिज्य बैङ्कको २० औं वार्षिक साधारणसभा सम्पन्न

साझा अर्थ संवाददाता ३० पुष २०८२, बुधवार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको २० औं वार्षिक साधारणसभा मङ्गलबार राजधानीमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभामा बैङ्क सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालले बैङ्कले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गरिरहेको बताउनुभयो । बैङ्कले सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको पनि बताउनुभयो ।

बैङ्किङ क्षेत्रमा विद्यमान प्रतिष्पर्धाको सामना गर्न बैङ्कले आफ्नो प्रतिष्पर्धी क्षमता अभिबृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्धतिको विकास गर्ने उद्देश्यले बैङ्कका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरुमा समय सापेक्ष परिमार्जन गर्दै आएको उहाँले उल्लेख गर्नभयो ।

154 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ