पात्रो

रेडियो

समाचार खोजी

कर्पोरेट डेभलपमेन्ट बैंकले आव २०८१/८२ का लागि लाभांश नदिने

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

२०८२ पुस २४, काठमाडौं | कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (कोरब्ल) ले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको पुस २३ गते बसेको बैठकले सो आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो निर्णय नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र अन्तिम रूप लिनेछ। नियामक निकाय र साधारणसभाको स्वीकृति पश्चात् निर्णय कार्यान्वयनमा आउने बैंकले जनाएको छ।

नेप्सेमा कारोबारका क्रममा समाचार तयार पार्दासम्म कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार ५७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ