काठमाडौंः डिप्रोक्स लघुवित्तले पुस २८ गते कालागि साधारण सभा डाकेको छ । कम्पनी सञ्चालक सिमितिले सो दिने वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीको चौविसौं साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । साधरण सभा तथा लाभांस वितरण प्रयोजनकालागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्दे छ । कम्पनीको साधारण सभा चितवनको सौराहमा हुने छ ।