काठमाडौंः चन्द्रागिरी हिल्सको साधारण सभा पुस २३ गते बस्ने भएको छ । लाभांस परित गर्ने तथा हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनकालागि साधारण सभा बस्ने भएको हो ।
साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गन प्रताव तथा बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन लगायतका निर्णहरु गर्ने बताइएको छ । कम्पनीले साधरणसभाकालागि शेयर धनी कायम गर्न पुस ११ गते बुकक्लोज गर्ने भएको छ ।