काठमाडौंः आज सोमबार नेप्से ६ दशमलब ७४ अंकले बढेको छ । पछिल्ला तीन दिनको कारोबारका क्रममा घटिरहेको नेप्सेमा आज सामान्य बृद्धी देखिएको छ ।
आज नेप्से परिसूचक ६.७४ अंक बढेर २६०१.६१ विन्दुमा पुगेको छ । समग्रमा नेप्से बढेको देखिएता पनि कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको ७७ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आइतवार ४ अर्बको कारोबार भएको थियो ।
आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ ।