काठमाडौंः संग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा पुस ७ गते बस्ने भएको छ । लाभांस वितरण लगातका विषमा निर्णय गर्न साधारण सभा बस्ने भएको हो ।
गत आर्थिक वर्षको मुनाफा बाट शेयर धनी हरुलाई वितरण गरिने घोषणा गरिएको लाभांस लगायतका प्रस्ताव पारित गर्न साधारण सभा डाकिएको कम्पनी सञ्चालक समितिले जनाएको छ । साधारण सभा काठमाडौंमा बस्ने छ । साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित लगायतका प्रस्ताव पारित गर्ने बताइएको छ ।