पात्रो

रेडियो

समाचार खोजी

हङकङको आगलागीमा मृत्यु हुनेको संख्या ४४ पुग्यो

साझा अर्थ संवाददाता ११ मंसिर २०८२, बिहिवार

काठमाडौँ । हङकङको ताई पो क्षेत्रको आवासीय क्षेत्र भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

घटनास्थलमा अहिले पनि धुवाँ उडिरहेको र आगो नियन्त्रणमा आए पनि ठुलो संख्यामा मानिसहरु बेपत्ता भएको बताइएको छ । स्थानीय अधिकारीले आगलागीमा अझै २७९ जना बेपत्ता रहेको बताएका छन् । त्यसैले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । 

हङकङको वाङ फुक कोर्ट नामक आवासीय परिसर सात ब्लकमा फैलिएको जम्मा दुई हजार फ्ल्याटहरू रहेको बिल्डिङमा आगलागी भएको थियो ।

अग्नि नियन्त्रकहरूले अहिले प्रभावित सात ब्लकहरूमध्ये तीनमा आफ्नो प्रयास केन्द्रित गरिरहेका छन् भने अन्य चारमा आगो नियन्त्रणमा ल्याइएको अग्नि विभागले जनाएको छ ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु