बिहीबारदेखि शनिबारसम्म सुदूरपश्चिमका ६ जिल्लामा भीषण वर्षाको पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
बिहीबार साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै बताएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी महाशाखाले दिएको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। महाशाखाले सुदूरपश्चिमका ६ जिल्लामा रेड अलर्टसमेत जारी गरेको हो।
बुधबार राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
साझा अर्थ संवाददाता