इकु भनेर चिनिने कलाकार सुर्यमान शंकर व्यक्ति ठगीको आरोपमा पक्राउ परेका हुन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ लिएर ठगि गरेको आरोपमा उनि पक्राउ परेका हुन् । । ईकुले कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी ठगी गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।
ईकुले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मसको नाममा रहेको ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखी २० लाख रुपैयाँसम्म रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ ।
पिडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ तयारी भएपछी खबर गर्छु भनी पडितहरुलाई लामो समयसम्म झुलाउने गरेको पाइएको छ ।
इकुलाई भदौ २५ गते काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३, हात्तिगौंडाबाट पक्राउ गरी जिल्ला अदालत काठमडौंबाट दिन अनुसन्धानका लागि ५ दिनको म्याद थपेको सीआईबीले जनाएको छ ।
साझा अर्थ संवाददाता