नेप्से परिसुचक आज बजार २२.७३ अंकले घटेर २६१०.२१ अंकमा ओर्लिएको छ ।
आज ३१७ कम्पनीका १ करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजारको कारोबार भएको भएको छ ।
वीन नेपाल लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.४८ प्रतिशतले नाफा कमाउँदा एशियन हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.८८ प्रतिशतले घाटा व्यहोरे ।
आज सीईडीबी हाइड्रोको ३४ करोड ७३ लाख ६ हजार ८ सय ८५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार २५.४६ अंकले बजार घट्दा १० अर्ब १२ करोड २४ लाख, सोमबार ५५.८६ अंकले बजार घट्दा ९ अर्ब ४३ करोड ९१ लाख र मंगलबार १३.०९ अंक बजार घट्दा ७ अर्ब २४ करोड ५५ लाखको कारोबार भएको थियो ।
साझा अर्थ संवाददाता