काठमाडौंः आइसिएफसि फाइनान्स लिमिटेडको साधारण सभा मंसिर २९ गते बस्ने भएको छ । आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा लगायतका निर्णय गर्न २९ गते साधारण सभा बस्ने भएको हो ।
साधारण सभाले कम्पनीको चुक्ता पूँजिको १५.७८९५ प्रतिशत नगद लभांस वितरण गर्ने घोषणा गरिसकेको छ । लाभांस पारितका साथै कम्पनीको सधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका निर्णयहरु पारित गर्ने बताइएको छ । लाभांस वितरण प्रयोजनकालागि कपनीले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ ।