पात्रो

रेडियो

समाचार खोजी

दशैं तिहारमा चिनी आयातमा ५० प्रतिशत  छूट

साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत  छूट

साझा अर्थ संवाददाता २६ भदौ २०८१, बुधवार

 सरकारले यस पटकको दशैं तिहारमा पनि चिनी आयातमा ५० प्रतिशत  छूट दिने भएको छ । 
 सरकारका प्रवक्ता पृथ्वी एवं संचार तथा सूचना प्रविधिमन्त्री सुब्बा गुरुङका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत  छूट दिएर आयात स्विकृती दिने निर्णय गरिएको छ। 

हाल चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्छ । त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । भुक्तानी कर ५ प्रतिशत तिर्नुपर्छ ।  

 

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता