काडमाडौं: कर्मचारीको निकै लामो आन्दोलनका कारण रोकिएको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढेको छ।
नेपाल धितोपत्र बोर्डले आईपीओ निश्कासनका लागि अन्तिम स्वीकृतिको पखाईमा रहेकामध्ये सोलु हाइड्रोपावर लिमीटेडलाई २ अर्ब रुपैयाँ बराबरको आईपीओ निश्कासनको स्वीकृति दिएको हो।
यो हाइड्रोपावर कम्पनीले चुक्तापूँजीको २० प्रतिशतले हुन आउने रु. १०० दरका २ करोड कित्ता साधारण शेयरको प्राथमिक निश्कासनको स्वीकृति पाएको हो।
यो कम्पनीको कुल चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ। यो कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २ अर्ब रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्नेछ।