झापा एनर्जी लिमिटेडका ३८,०१,९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्, जसमा प्रवर्तक र सर्वसाधारण दुवै समूहका सेयर समावेश छन् । पहिलो कारोबार मूल्य दायरा रू. १००.१२–३००.३६ तय गरिएर सम्झौता भएपछि भोलैदेखि कारोबार सुरु हुनेछ । सर्वसाधारणलाई जारी गरिएको ९,५०,४७५ कित्ता सेयर भदौ २०–२४ बीच निष्कासन भएको थियो । कम्पनीको सेयर ‘JHAPA’ प्रतीकमा कारोबार हुनेछ ।
काठमाडौँ, कात्तिक २८ गते । झापा एनर्जी लिमिटेड (JHAPA) का कुल ३८ लाख १ हजार ९ सय कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । सूचीकृत सेयरमा प्रवर्तक समूहका सेयर तथा सर्वसाधारणलाई जारी गरिएको आईपीओ सेयर दुवै समावेश छन् ।
सूचिकरणसँगै कम्पनीको पहिलो कारोबारका लागि मूल्य दायरा रू. १००.१२ देखि रू. ३००.३६ निर्धारण गरिएको छ । कम्पनीले नेप्सेसँग सम्झौता गरेपछि आईपीओ सेयरको दोस्रो बजार कारोबार भोलैदेखि सुरु हुने नेप्सेले जनाएको छ ।
कुल सूचीकृत सेयरमध्ये ९ लाख ५० हजार ४७५ कित्ता सर्वसाधारणका लागि भदौ २० देखि भदौ २४, २०८२ सम्म सार्वजनिक निर्गतमार्फत जारी गरिएको थियो ।
सूचीकृत सेयर नेप्सेमा ‘JHAPA’ प्रतीक (टिकर) मा कारोबार हुनेछन् ।