पात्रो

रेडियो

समाचार खोजी

सेगवे नेपालका स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्म छुट

साझा अर्थ संवाददाता २५ भदौ २०८१, मङ्गलवार

सेगवे नेपालका स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । कम्पनीका स्कुटर खरिद गर्ने चाहने ग्राहकहरुले एनआइसि एशिया बैंकको मोबाइल बैंकिङ वा डेबिटरक्रेडिट कार्डको प्रयोग गरि छुट पाउन सक्नेछन् । 

यो विशेष अफर ग्राहकहरूलाई ३० सेप्टेम्बर २०२४ सम्म मात्र मान्य हुने छ । इएमआई र एक्सचेन्ज सुविधाहरू पनि उपलब्ध गराइएको छ, जसले ग्राहकहरूलाई थप सहज र आकर्षक खरिदको अवसर प्रदान गर्ने छ । यस पटक सेगवे नेपालको खरिदमा छुट प्राप्त गर्न ग्राहकहरूले एनआइसि एशिया बैंकको एप वा बैंकको डेबिटरक्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने छ ।

एपको प्रयोगले ग्राहकहरूले केवल छुट मात्र नभई इएमआई र एक्सचेन्ज सुविधाहरूको समेत फाइदा लिन सक्नेछन्, जसले गर्दा सजिलो किस्ता प्रणालीमार्फत सवारी साधन खरिद गर्न सहज हुनेछ । ४० हजार रुपैयाँसम्मको छुट र अतिरिक्त सुविधाहरूले यो अफरले नेपाली बजारमा उक्त स्कुटरमा ग्राहकहरुको आकर्षक थपिने विश्वास गरिएको छ । 

यो अफरले ग्राहकहरूलाई स्मार्ट मोबिलिटीमा निवेश गर्न थप आकर्षण प्रदान गर्नेछ र नेपाली बजारमा विद्युतीय सवारी साधनको लोकप्रियतालाई अझ बढावा दिनेछ । बैंकले आफ्नो ग्राहकहरूको आवश्यकता अनुसार विभिन्न बैंकिङ सुविधा र सेवाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले विशेष गरी डिजिटल बैंकिङका क्षेत्रहरूमा अग्रणी काम गर्दै आइरहेको हो । 

बैंकको मोबाइल एपले ग्राहकहरूलाई मोबाइलबाट नै सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्ने अवसर प्रदान गर्दछ। एपको प्रयोगले ग्राहकहरूले खाता ट्रान्सफर, बिल भुक्तानी, मोबाइल रिचार्ज, र अन्य धेरै बैंकिङ कार्यहरू सजिलै गर्न सक्छन् ।

सेगवे नेपाल एक प्रमुख स्मार्ट मोबिलिटी कम्पनी हो, जसले विद्युतीय स्कूटरहरू, बाइकहरू र अन्य विद्युतीय सवारी साधनहरूमा विशेषज्ञता प्रदान गर्दछ। यसको उत्पादनहरू टिकाउ, वातावरणमैत्री, र प्रविधि–अभिनव विशेषताहरूले सम्पन्न छन्, जसले दैनिक यात्रालाई सजिलो र सहज बनाउँछ।

सेगवे नेपालको उत्पादनहरू विशेष गरी शहरी यात्राका लागि डिजाइन गरिएका छन्, जसमा छोटो दूरीको यात्रा, टूरिज्म, र व्यक्तिगत सवारीको लागि उपयुक्त सुविधाहरू रहेका छन्। कम्पनीले निरन्तर रूपमा नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रयास गर्दै आएको छ।

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता