पात्रो

रेडियो

समाचार खोजी

१ असोजदेखि डिडिसीका उत्पादनमा दशै तिहारलक्षित छुट

साझा अर्थ संवाददाता २५ भदौ २०८१, मङ्गलवार

 

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले दसैँ र तिहारलक्षित चाडपर्व छुट योजना ल्याएको छ। १ असोजदेखि एक लिटरको सादा दहीलाई १५० रुपैयाँ मूल्य तोकिएकोमा चाडपर्व अवधिभर १३५ रुपैयाँमा उपलब्ध गराउने डिडिसीले जनाएको छ। 

थोक बिक्रेतालाई एक सय २० रुपैयाँ प्रतिलिटरमा उपलब्ध गराइरहेको दही चाडपर्व अवधिभर एक सय १० रुपैयाँमा बिक्री गरिने छ। त्यस्तै, १ लिटर आइसक्रिमको मूल्य ४४० रहेकोमा चाडपर्वमा ३९० रुपैयाँ तोकिने भएको छ। १ सय मिलिग्राम कपको आइसक्रिम ५० रुपैयाँ रहेकोमा ४० रुपैयाँमा पाइनेछ ।

खुवा प्रतिकिलो ८३५ रुपैयाँ रहेकोमा ४० रुपैयाँ छुट दिएर ७९५ रुपैयाँमा उपलब्ध गराइने डिडिसीले जनाएको छ। पनिर आधा किलोको ४०५ रुपैयाँ रहेकोमा चाडपर्व अवधिभर ३८५ रुपैयाँमा बिक्री गरिने छ।

चिजमा २० देखि ५० रुपैयाँ छुट राखिएको छ भने प्रतिबट्टा रसबरीमा ४० र लालमोहनमा २० रुपैयाँ छुट दिइएको छ। डिडिसीको रसबरी र लालमोहन छुटपछि समान २७० प्रतिबट्टा पर्नेछ।

त्यस्तै, प्रतिलिटर घिउ ११ सय ५० रुपैयाँ मूल्य रहेकोमा ७० रुपैयाँ छुट दिएर एक हजार ८० रुपैयाँमा बिक्री गरिने डिडिसीले जनाएको छ। गाईको घिउ आधा लिटरको  ६५० रुपैयाँ मूल्य रहेकोमा ४० रुपैयाँ छुट दिएर ६१० रुपैयाँ मूल्य तोकिने भएको छ।

269 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता