काठमाडौ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २ हजार ५७१.३४ विन्दुमा कायम भएको छ । मंगलबार सेयरबजारमा ३१४ कम्पनीका सेयर कारोबार भएकोमा कुल ९२ लाख ४३ हजार ७२३ कित्ता ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको हो । आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको बाहेक अरु सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ४.४७ प्रतिशतले बढेको छ । जलविद्युत समूहको परिसूचक ३.९० प्रतिशत र जीवन बीमा समूहको परिसूचक ३.५५ प्रतिशतले बढेको पाइएको छ ।