काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने छ । बैंक ले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले हाल कायम रहेको शेयर बराबर शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कुल २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो । जस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सो हकप्रद शेयरका लागि आवेदन गर्न सक्ने छन् । हाल चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको यो बैंकको हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ । बैंकको शेयर निश्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।