पात्रो

रेडियो

समाचार खोजी

सेयर बजारको ओरालो यात्रा सोमबार पनि निरन्तरता

साझा अर्थ संवाददाता २४ भदौ २०८१, सोमवार

काठमाडौँ । सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार पनि सेयर बजार भारी अंकले घटेर अ २६ सयको बिन्दुमा झरेको छ । सोमबर नेप्से ५५.८६ अंकले घटेसँगै परिसूचक २६४६.०३ बिन्दुमा खुम्चिएको छ ।

  सोमबार ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच भएको हो । आज नेप्सेमा सूचीकृत १३ वटै उपसूचक राताम्य बनेका छन् ।

सेयर बजारमा भारी गिरावट हुँदा २२२ कम्पनीको सेयर मूल्य घटेको छ । २२ कम्पनीको सेयर मूल्य भने बढेका छन् ।

 

यस दिन हाथवे इन्भेष्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ कम्पनी, इमर्जीङ नेपाल, सीईडीबी हाइड्रोपावर, स्वरोजगार लघुवित्त लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

उन्नति सहकार्य लघुवित्त, शृजनशील लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, युनिक लघुवित्त लगायत कम्पनीको सेयर मूल्य भने घटेका छन् ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर अग्रस्थानमा देखिएको छ । कम्पनीको ३७ करोड ५७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

485 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु