पात्रो

रेडियो

समाचार खोजी

एनसेलले ल्यायो नयाँ टिकटक प्याक

सधैं अनको निःशुल्क सोसल मिडिया डेटामा टिकटक पनि उपलब्ध

साझा अर्थ संवाददाता २३ भदौ २०८१, आइतवार

एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक लगाउन सक्छन् । एनसेलले  शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक संचालनमा ल्याएको छ र साथै सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।

ग्राहकहरुले करसहित मात्र रु १७५ मा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन्। त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्दछन् ।
 

सरकारबाट टिकटकको प्रयोग/पहुँचमा लगाईएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधैं अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाउँछन् ।

‘नेपालमा औद्यी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाईएको रोक हटाईनु दूरसञ्चार क्षेत्र र ग्राहकहरु सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,’ एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसीनले भने- ‘हामीले आजैबाट लागु हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं। यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं ।’

एनसेलले सधैं अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरु प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधैं अन प्याकमा ग्राहकहरुले अन्य बन्डल सेवाहरु बाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।

त्यस्तैगरी, सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरुमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैं अन अनलिमिटेड प्याकहरु अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ