काठमाण्डौः सिद्धार्थ क्यापिटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा असोज ९ गते बस्ने भएको छ । कम्पनी सञ्चालक समितिको भाद्र १७ गतेको बैठकको निर्णय बमोजिम साधारण सभा उक्त दिन बस्ने भएको हो ।
साधारण सभा काठमाण्डौको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा अपरान्ह साढे ४ बजेदेखि सुरु हुने बताइएको छ । साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ३० प्रतिशत कर सहित नगद लाभांश प्रदान गर्न निर्णय गर्ने छ । यसैगरी साधारण सभाले गत आबको वार्षिक प्रतिबेदन, लेखापरीक्षण प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गन लगायको कार्यसूचि रहेको छ ।