काठमाडौं : एसवाई प्यानल नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले भदौ १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। यो कम्पनीले प्यानल उत्पादन गर्छ।