पात्रो

रेडियो

समाचार खोजी

नेप्से १२.०३ अंकले बढ्यो, ५ अर्ब १० करोडको कारोबार

साझा अर्थ संवाददाता १६ भदौ २०८२, सोमवार

काठमाडौँ: आज नेप्सेमा वृद्धि भएको छ । आज सोमबार नेप्से १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२६ कम्पनिका एक करोड १४ लाख ४० हजार ८४० कित्ता शेयर ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ मा कारोबार भएको थियो । आज अन्य र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।  

आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ६.०७ प्रतिशतले बढेको छ भने स्ट्यान्डर्ड चार्टड बैंकको शेयर मुल्य ४.०८ प्रतिशतले बढेको छ । 

त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.६८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी २८ करोड ८ लाख बराबरको कारोबार भएको छ भने एभरेष्ट बैंकको २४ करोड ४४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु