पात्रो

रेडियो

समाचार खोजी

नेप्से ३१.१७ अंकले घट्यो, ६ अर्ब ६ करोडको कारोबार

साझा अर्थ संवाददाता १५ भदौ २०८२, आइतवार

काठमाडौँ :आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२१ कम्पनिका एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सबै भन्दा बढी उन्नति सहकार्य लघुवित्तको शेयर ६.७७ प्रतिशतले बढेको छ भने आशा लघुवित्तको शेयर मुल्य ४.१६ प्रतिशतले बढेको छ । 

त्यस्तै आज ग्लोबल आइएमइ समुन्नत योजना-२ को शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी ४५ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २८ करोड ८८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु