पात्रो

रेडियो

समाचार खोजी

अरुण काबेली पावरले को वार्षिक साधारण सभा असोज ३ गते

साझा अर्थ संवाददाता १२ भदौ २०८२, बिहिवार

काठमाडौंः अरुण काबेली पावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा  बोलाएको छ । भाद्र ११ गते बसेको सञ्चालक सामितिको बैठकले असोज ३ गते सकम्पनीको साधारण सभा बोलाएको हो । 
काठमाण्डौको गौशालामा रहेको होटल कृष्टल पशुपतिमा बिहान ११ बजेदेखि सासधारण सभा आयोजना सुरुहुने कम्पनीले जनाएको छ । 
साधारण सभामा काबेली इनर्जी कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्ने तथा बैंकको दीर्घकालिन कर्जा आंशक भुक्तानी गर्न हाल कम्पनीको कायम चुक्तापूँजीबराबर १ः०.५० अर्थात ५० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ ।  
सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गर्ने लगायतका काई शुचि रहेको छ । साधारण सभा प्रयोजनाकलागि भदौ २५ गते बुकक्लोज गरिने कम्पनीको भनाई रहेको छ ।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु