काठमाडौ : आईएमई ग्रुपद्धारा संचालित भेन्चर हायर पर्चेज लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्नेगरी वार्षिक साधारण सभा डाकेको छ। साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो।
उक्त सभा भदौ २७ गते काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको दर्ता कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ। सभामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत शेयर बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ।