पात्रो

रेडियो

समाचार खोजी

रिभर फल्सले भाद्र २३ गतेबाट हकप्रद शेयर निष्काशन गर्ने

साझा अर्थ संवाददाता ५ भदौ २०८२, बिहिवार

काठमाडौंः रिभर फल्स पावर लिमिटेडले यही भाद्र २३ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजि को शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 
कम्पनी ७० करोड रुपैयाँबरारको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनकालागि कम्पनीले श्रावण २६ गते बुक क्लोज गरेकोले श्रावण २५ गते सम्म कायम भएका शेयर धनीहरुले हकप्रदमा आवेदन गर्न सक्ने छन् । हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज १२ गते सम्म रहेको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यपिटल रहेको छ ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु