काठमाडौंः खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड को हकप्रद शेयर विक्री खुल्ला भएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयर आज बाट खुल्ला भएको हो ।
कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गरेको जनाएको छ । हकप्रद शेयर निष्काशनकालागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो । हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।