काठमाडौः हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड ले आफ्ना शेयर धनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा बाट बाेनस शेयर दिने भएको हो ।
हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गन भदौ दुई गते बसेको सञ्चालक समिति बैठकले निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभाले निर्णय गरेपछि शेयर धनीहरुले सो बोनस शेयर पाउने छन् ।