पात्रो

रेडियो

समाचार खोजी

ट्रेड टावरको नाफा ९९ प्रतिशतले घट्यो

साझा अर्थ संवाददाता ३ भदौ २०८२, मङ्गलवार

काठमाडौंः  ट्रेड टावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण हालै सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ लाख ३० हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो र यसरी कम्पनीको नाफामा ९९.३८ प्रतिशतले घटेको छ ।  

कम्पनीको कुल आम्दानी भने बढेको छ। यो अवधिमा कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७५.५६ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो।  

कम्पनीको खर्च भने चुलिएको छ। अघिल्लो आवमा ४ करोड ५४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म १० करोड १३ लाख खर्च गरेको छ। यसरी कम्पनीको खर्चमा १२२.९१ प्रतिशत बढोत्तरी आएको छ ।  

कम्पनीको वित्त खर्च पनि १ करोड ४७ लाख रुपैयाँबाट ४ करोड ३४ लाख रुपैयाँ पुगेको छ। ८१ करोड ५६ लाख चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १७ करोड ९ लाख र कुल चालु दायित्व २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ०.०३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०५.९३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १६६.२३ रुपैयाँ र तरलता अनुपात ०.५८ प्रतिशत कायम भएको छ ।

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
100%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु