काठमाडौंः नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा निवेदन दिने आज अन्तिम मिति रहेको छ । कम्पनीले श्रावण ६ गते हमप्रद शेयर निष्काशन गरेको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशनमा ल्याएको हो । हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेका कम्पनीले जनाएको छ । ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको कम्पनीको भनाई रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबिएस क्यापिटल रेहको छ ।