काठमाडौंः सिक्लेस हाइड्रो पावरले शेयर धनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको श्रावण २५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
शेयर धनीहरुलाई चुक्ता पूँजिको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकालागि ० दशमलब ८७ प्रतिशत रकम उपलब्ध गराउने निर्णय सञ्चालक समितिले गरेको कम्पनीले जनाएको छ । साथै कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर पनि निष्काशन गर्ने निर्णय गरेका छ । लाभांस कम्पनीको साधारण सभा पनि प्राप्त हुने कम्पनीको भनाई रहेको छ ।