पात्रो

रेडियो

समाचार खोजी

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २६ साउन २०८२, सोमवार
समाचार सारांश

-आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई छुट्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

-सर्वसाधारणकालागि भने सो कम्पनीको आइपीओमा आवेदन खुल्ला

-आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते  र ढिलोमा भदौ ९ गते हुने

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौंः बुङ्गल हाइड्रो लिमिटेडको स्थानीय लाई छुट्याइएको  आइपीओमा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गते देखि  आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई छुट्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो 
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । कम्पनीले निर्माण गर्ने १० दशमलब ७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना बझाङ जिल्लाको बुङ्गगल गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधिन छ ।

यसै विच

आजबाट सर्वसाधारणकालागि भने सो कम्पनीको आइपीओमा आवेदन खुल्ला गरिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते  र ढिलोमा भदौ ९ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल  लिमिटेड रहेको छ । 

332 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु