पात्रो

रेडियो

समाचार खोजी

सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई तीन दिन म्याद थपेर अनुसन्धान गरिने

साझा अर्थ संवाददाता २२ साउन २०८२, बिहिवार

काठमाडौः शेयर कारोवारमा ठगि गरेको आरोपी सिप्रवि सेक्युरिटिजका महाप्रवन्धक जयन्त श्रीवास्तव लाई म्याद थपगरी अनुसन्धान अगाडि बढाइने भएको छ । जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी उनीमाथी अनुसन्धान अगाडि बढाईने भएको हो ।

ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने विरुद्ध प्रहरी वृत्त सिंहदरबारमा मिता मुरारका अग्रवालले ठगिको आरोपमा उजुरी दिनु भएको थियो ।  सोही आधारमा प्रहरीले पक्राउ पूर्जि जारी गरेको थियो  ।

सिप्रविले ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको मिताको उजुरीमा उल्लेख छ ।

सोही उजुरीको आधारमा चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पूर्जी जारी गरेको थियो । बुधवार श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

199 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु