पात्रो

रेडियो

समाचार खोजी

सिंगटी हाइड्रो नाफामा

साझा अर्थ संवाददाता १९ साउन २०८२, सोमवार

काठमाडौंः सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्ष नाफामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको  चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी नफामा पुगेको हो ।
कम्पनी द्वारा सार्वनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षमा नाफामा पुगेको उल्लेख छ । गत आबको अन्त्यसम्ममा कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी ले नाफा आर्जन गर्न सफल भएको हो  । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा तथा प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा रहेको छ ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु