पात्रो

रेडियो

समाचार खोजी

नारायणी डेलभपमेन्ट बैंकलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति

साझा अर्थ संवाददाता १६ साउन २०८२, शुक्रवार

काठमाडौंः नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको छ । धितोपात्र बोर्डले बैकलाई कामय चुक्ता पूँजि बराबरको हकप्रद शेयर निष्काशन गर्ने अनुमिति दिएको हो । 
बैकलाई हाल कायम चुक्ता पुँजीको शत प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)को साउन १५ गतेको बैठकले अनुमति दिएको जनाएको सेबोनले जनाएको छ ।  बैंकले १ शेयर बराबर १ को  अनुपातमा कुल २६ लाख २४ हजार ६७७ कित्ता शेयर जारी गर्ने छ । रकमका हिसावले  २६ करोड २४ लाख ६७ हजार ७ सय रुपैयाँ हुन आउँछ । हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी दोब्बर वृद्धि भई ५२ करोड ४९ लाख ३५ हजार ४ सय रुपैयाँ पुग्ने छ । हकप्रद शेयर निष्काशनको शेयर विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्